समाजआर्थिकस्थानीय सरकार

कोरोना भाईरस नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न माग

प्यूठान, १४ आश्विन । प्यूठान जिल्लाका स्थानियतह हरुले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागी खर्च गरेको बजेट शिर्षक अनुसार सार्वजनिक गर्न माग गर्दै जिल्लामा रहेको नागरिक समाज संजालले ध्यानाकर्षणपत्र बुझाएको छ ।

आज जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यलाई उक्त ध्यानाकर्षणपत्र बुझाइएको हो । उक्त ध्यानाकर्षण ग्रहण गर्दै समन्वय प्रमुख आचार्यले यसबारेमा स्थानियतह हरुलाई आग्रह गर्ने बताउनु भएको छ । आफ्नो स्थानिय तहमा के कति रकम कहाँ, कहाँ खर्च भयो भनेर जान्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको उहाँको भनाई छ ।

स्थानियतहको कोष तथा बिभिन्न संघ सस्था, व्यतिm, व्यावसायिहरुले समेत कोरोना नियन्त्रणमा आर्थिक सहयोग गरेकोले स्थानियतहले खर्च बिवरण सार्वजनिक गर्नु पर्ने उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

उक्त ध्यानाकर्षणपत्रमा नेपाल पत्रकार महाँसंघ प्यूठानका सचिव बिजयसिं भारती, नेपाल रेडक्रस सोसाइटी प्यूठाननको मन्त्रि दामोदर शर्मा,मल्लरानी ग्रामिण बिकास सस्था प्यूठाको अध्यक्ष निर्मल श्रेष्ठ, हरप्लेस प्यूठानको कार्यक्रम संयोजक पम्फा पन्त लगायत ११ जना मानव अधिकारकर्मिको हस्ताक्षर रहेको छ ।

Related Articles

Back to top button