समाज

साना सवारी साधनमा भरिभराउ यात्रु, दोब्बर यातायात शुल्क

प्यूठान, २१ असोज । जिल्ला भित्र सञ्चालनमा रहेका साना यातायातका साधनले कोरोना मापदण्ड विपरित भरिभराउ यात्रु राखेर दोब्बर शुल्क लिने गरेका छन् ।

कोरोना जोखिम कम गर्नका लागि सरकारले भौतिक दुरी कायम गरि सुरक्षा सर्तकर्ता अपनाएर सवारी साधन सञ्चालन गर्न खुला गरेपनि जिल्लामा साना सवारी साधनमा पुरै सिटमा यात्रु राखेर दोब्बर शुल्क उठाउने गरेको पाइएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा साना सवारी साधनले नियम विपरित यात्रु बोकेको भन्दै कारवाही समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र प्रहरी नायव उपरीक्षक सुनिल मल्ल आफै सवारी चेकजाँचमा उत्रिएर नियम विपरित चलेका त्यस्ता २० वटा साना सवारी साधनलाई कारवाही गरिएको छ ।

सवारी जाँचका क्रममा साना गाडीमा यात्रु बराबर राखेर शुल्क बढी लिने गरेको पाइएकोेले कारबाही गरिएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button