> समाज > जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकले आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने


जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकले आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ३ ले गाउँपालिका अन्तरगतका सम्पूर्ण जनप्रतिनिधि, सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन भनेको छ ।

पछिल्लो समय सामुदायिक बिद्यालय प्रति नागरिकको बिश्वास कम हुदैँ गएको र शैक्षिक गुणस्तरबृद्धि गर्न वडाले यस्तो निर्णय गरेको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।

वडा कार्यालयले सूचना जारी गर्दै निर्णय कार्यान्वयन नगरेमा वडाबाट हुने सेवा सुबिधाबाट बञ्चित गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *