प्यूठान, ९ असोज । अण्डा उपभोगमा वृद्धि ल्याउने उद्येश्य सहित अण्डा उत्पादक तथा विक्रेतासंग अन्तरक्रिया गरिएको छ ।
सुआहारा कार्यक्रमको आयोजनामा शनिवार प्यूठान नगरपालिका ४ जुम्रीमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा अण्डा उपभोगको महत्ववारे प्रकाश पार्दै सुआहारा प्यूठानका कार्यक्रम संयोजक भरत भट्टले अण्डा उपभोग वृद्धिमा सवैपक्षको प्रवर्धन आवश्यक रहेको औल्याउनु भयो । गर्भावस्था र दुईवर्ष भित्रमा बच्चाको शारिरिक तथा वौद्धिक विकास द्रुत गतिमा हुनेहुदा अण्डा उपभोगले पोषण सुधारमा योगदान गर्ने बताउनुभयो ।
“अण्डामा पौष्टिक तत्वहरु प्रशस्त पाईने हुदा पोषण सुधारमा यसको महत्व प्रभावकारी छ” उहाँले भन्नुभयो, “उपभोग वृद्धि ल्याउन सवैपक्षले यसको प्रर्वद्धन गर्न जरुरी छ ।”
कार्यक्रममा प्यूठान नगरपालिका १ मा रहेको न्यू प्रगतिशिल पोल्टी फार्मका संचालक मुक्ति प्रसाद पोख्रेलले व्यवसाय संगै सामाजिक उत्तरदायीत्व निर्वाहमा फोल्टी व्यवसायी तथा विक्रेता तयार रहेको बताउनु भयो ।
“यो व्यवसाय ब्राण्डको कार्य पनि हो” उहाँले भन्नुभयो, “सामाजिक उत्तरदायित्वको कार्य समेत रहेकोले यसको प्रर्वद्धन गर्न नीजि क्षेत्र तयार छौं ।”
पोल्टी व्यवसायि तथा अण्डा विक्रेताहरुले प्रयोग गर्ने गाडीमा ‘आयो अण्डा गाडी’ लेखिएको व्यानर लेख्ने प्रतिवद्धता भएको सुआहारा कार्यक्रमका कृषि अधिकृत संझना गौतमले जानकारि दिनुभयो ।
“गाउँगाउँमा अण्डा तथा मालसामान ढुनानी गर्दा उपभोक्ताको ध्यानआकर्षण गरि अण्डाको उपभोगमा वृद्धि आउने अपेक्षा राखिएको छ” उहाँले भन्नुभयो ।
जिल्लामा सुआहारा कार्यक्रम,साझेदार संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले पोषण र स्वास्थ्य सुधारमा विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ ।
