समाजराष्ट्रिय

बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च घोराही उपमहानगर पालिकाको संयोजकमा शाह

हिमाल महरा
घोराहि, १४ असोज । बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च दाङ क्षेत्र न.२ को पालिका बिस्तार कार्यक्रम अन्तरगत आज घोराही उपमहानगर पालिकाको संयोजकको जिम्मेवारी घोराही उपमहानगर पालिका १६ का नरेन्द्र शाहलाई प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रिय सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठ र बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका अध्यक्ष सरोज शाह ज्युको विशेष उपस्थितिमा नेपाली कांग्रेस बंगलाचुली गाउ पालिकाका सचीव एवम बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका सदस्य बलदेव मल्ल, नेपाल प्राजातान्त्रीक महासंघ दाङका सचिब एवम् नेपाली कांग्रेस घोराही उपमहानगर पालिका वडा न. १५ का सहसचिव शिशिर अधिकारी, बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च दाङ क्षेत्र न.२ का क्षेत्रीय संयोजक लेखनाथ बुढाथोकीको उपस्थितिमा घोराही नगरको जिम्मेवारी शाहलाई प्रदान गरिएको हो ।

Related Articles

Back to top button