> राजनीति > एमालेको ‘मिसन ग्रासरुट’ अभियानका गतिविधि व्यापक बन्दै


एमालेको ‘मिसन ग्रासरुट’ अभियानका गतिविधि व्यापक बन्दै

प्यूठान । नेकपा एमाले प्यूठानले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको प्रचार प्रसारका लागि एमालेको प्रचार विभाग र प्रेस चौतारीलाई जिम्मा दिइएको छ । जिल्लाका नौ वटै पालिकामा सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानका लागि सवै पालिकाको जिम्मा तोकिएको हो ।

फागुन ५ गतेदेखि शुरु भएको अभियानमा एमालेका केन्द्रिय सदस्य इश्वरी जिएम, गिरीधारी लाल न्यौपाने जिल्लामा खटिनुभएको छ । यसैबीच फागुन १९ गते एमाले स्थायी कमिटी सदस्य तथा मिसन ग्रासरुट लुम्बिनी प्रदेश अनुगमन संयोजक राजन भट्टराई आउने प्रचार विभाग प्रमुख दिपा पौडेलले जानकारी दिनुभयो । राजन भट्टराईसँग पत्रकार भेटघाट कार्यक्रम राखिएको समेत उहाँले बताउनुभयो ।

मिसन ग्रासरुट अभियानले संगठन सुदृढिकरण गर्ने एमाले प्यूठान जिल्ला अध्यक्ष विजय विराज विष्टले बताउनुभयो । जिल्लाका सवै पालिका, वडा हुँदै एमालेका कार्यकर्तामाझ पुग्ने अभियान रहेको समेत उहाँले बताउनुभयो । विगतको समिक्षा र आगामी दिनको मार्गचित्र तय गर्न अभियानले सहयोग गर्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *