साहित्य सृजना

गजल !

  • शुरेशकुमार पाण्डे

हो मलाई पनि आफ्नो काम गर्ने रहर लाग्छ,

केगर्नु बाख्रा कुखुरामा नि अचेल कर लाग्छ।

 

आर्काको देशमा बस्ने कत्ति मन थिएन मेरो,

तर आमा भोकले मरीन्छकी भन्ने डर लाग्छ।

घामले पोल्छ आज पनि यो देशमा ज्यु लाई,

पोलिएर कालो हुँन्छ झैँ आफ्नै अधर लाग्छ।

बानि बस्यो आमा आर्काको देशमा बस्नेहरु,

त्यसैले होला अब बिरानो आफ्नै घर लाग्छ।

 

आफ्नो त ज्यान त्यान बित्यो यो जिन्दगानी,

कस्तरी होला छोरा र नाति को निर्भर लाग्छ।

जब समाचारमा समाज वाद अनमुख सुन्दा,

झुट्ठा त्यो सबै अखबार रीडिकै खबर लाग्छ।

 

क्रान्तिकारी पनि संसदकै वकालत गर्न थाले,

आफु लाई भने यो ब्यबस्था सबै गदर लाग्छ।

Related Articles

Back to top button