> आर्थिक/बिकास > फूलवारी सहकारीलाई दोस्रो पटक ‘प्रोवेसन ब्राण्ड’


फूलवारी सहकारीलाई दोस्रो पटक ‘प्रोवेसन ब्राण्ड’

प्यूठान, ५ मंसिर । फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले दोस्रो पटक ‘प्रोवेसन व्राण्ड’ पाएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को आज काठमाण्डौमा भएको २९ औ वार्षिक साधारण सभाको अवसरमा संस्थालाई राष्ट्रिय स्तरको ब्राण्ड प्रदान गरिएको हो ।

संस्थाका कोषाध्यक्ष किरण के.सी.ले कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलवाट राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितता गर्ने कार्यक्रम प्रोवेसन सफलताको प्रमाण पत्र ब्राण्ड ग्रहण गर्नुभएको छ ।

७ वर्ष देखि नेफ्स्कुनले सञ्चालन गरेको प्रोवेसन कार्यक्रममा आवद्ध फूलवारीले गत वर्ष पहिलो पटक प्रोवेसन सफलताको ब्राण्ड प्राप्त गरेको थियो ।

वि.स. २०५५ सालमा खैरा गाउँका १३ जना युवाले मासिक एक सयका दरले एक हजार तीन सय रुपियाँबाट सुरुवात भएको फूलवारी बचत तथा ऋण सहकारी संस्थामा हाल ४ हजार २ सय सदस्य आवद्ध रहेका छन् । हाल संस्थामा १५ करोड कुल पँुजि रहेको छ ।े संस्थाले जिल्लाको खलंगा, जस्पुर तथा विजुवारमा सेवा केन्द्र स्थापना गरि सदस्यलाई सेवा दिदै आएको छ ।

संस्थाले नीति विधि र प्रविधीलाई आत्मसात गरी अघि बढेको संस्थाका अध्यक्ष भोज बहादुर वस्नेतले बताउनुभयो । संस्थाले सदस्य सेवाका लागि बढि भन्दा बढि सम्भावना तथा उपाएको खोजी गर्दै कार्यक्रम अघि बढाएको बताउँदै अध्यक्ष वस्नेतले आम सदस्यको विश्वास, भरोसा र सहकार्यवाट नै फूलवारी अघि बढेको बताउनुभयो ।

फूलवारी सहित नेपालका ४० वचत तथा ऋण सहकारीले यस वर्ष प्रोवेसन व्राण्ड पाउन सफल भएका छन् । हेर्नुहोस नेपालका प्रोवेसन व्राण्ड प्राप्त गर्ने सहकारीहरुको नामावली ः
(नामावली श्रोतः नेफ्रस्कुन )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *