> राष्ट्रिय > प्यूठानमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर


प्यूठानमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर

प्यूठान, २४ मंसिर । अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा जिल्लाका सरोकारवालाले हस्ताक्षर गरेका छन् । ‘म भ्रष्टाचार गर्दिन, गर्न दिन्न र सहन्न’ भन्दै प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायका व्यक्तिले हस्ताक्षर गरि प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भ्रष्टाचार न्यूनिकरणमा सवै जिम्मेवार निकाय सचेत हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा राजनैतिक एवं शैक्षिक चेतनाका कारण समेत भ्रष्टाचारले प्रशय पाउन नसकेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय प्यूठानले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित विभिन्न सामाजिक संघ÷संस्थाले सहकार्य गरेका हुन् । कार्यक्रमका सहभागीले जिल्लामा भ्रष्टाचारका घटना नदेखिएपनि भ्रष्टाचार न्यूनिकरणका लागि सचेतनाका कार्यक्रम गरिरहनुपर्ने औल्याएका छन् । उनीहरुले दिवस बाहेकका समयमा पनि भ्रष्टाचार विरुद्ध गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा गैसस महासंघ, नेपाल पत्रकार महासंघ, हरप्लेस नेपाल, बागेश्वरी असल शासन क्लव र रेडियो कृपालुले सहकार्य गरेका थिए । कार्यक्रममा बास प्यूठानका अध्यक्ष सुजल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन हरप्लेसका जिल्ला कार्यक्रम संयोजक पम्फा पन्तले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *