प्यूठान । मंसीर ४ गते हुने प्रतिनिसभा निर्वाचनमा नेकपा एमाले प्यूठानले नेता सूर्य थापालाई उम्मेदवार बनाउने भएको छ । आज बसेको जिल्ल्ला कमिटी बैठकले पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज थापाको एकल नाम सिफारीस गरेको हो ।
यसका साथै प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निवर्तमान पार्टी अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेस सांसद हरि रिजालको एकल नाम सिफारीस गरिसकेको छ । जिल्लाका तीन वटै क्षेत्रमा सर्वसम्मत एकल नाम सिफारीस गरिएको पार्टी अध्यक्ष विजय विराज विष्टले जानकारी दिनुभयो । गठबन्धन विरुद्ध एकबद्ध भएर पार्टीले आगामी निर्वाचनमा सवै सिट जित्ने उहाँको दावी छ ।