> समाज > बाल क्लवद्धारा गाउँ प्रवेशमा रोक


बाल क्लवद्धारा गाउँ प्रवेशमा रोक

विष्णु न्यौपाने
प्यूठान, २३ चैत्र ।
परिवर्तनशिल बाल क्लव झिमरुक गाउँपालिका–७ हिडँडाडाले कोरोना भाईरस (कोभिड १९) विरुद्ध सन्देश दिँदै गाउँ प्रवेशमा रोक लगाएका छन् । आज विहान क्लवको बैठक बसेर गाउँ प्रवेशका चार वटै नाकामा प्रवेश निषेधको सूचना टाँस गरेका छन् ।

नेपाल सरकारले एक ठाउँबाट अर्काे ठाउँ प्रवेश नगर्न भन्दै लक डाउनको कडाई गरिरहेका वेला तुषारा हिडँडाडाका बालबालिकाहरु समेत यस्तो अभियानमा थालेका छन् ।

कोरोना भाईरसको संक्रमणको जोखिम कम गर्न यस्तो अभियान थालेको क्लवका अध्यक्ष अशोक पोख्रेलले जानकारी दिनुभयो । अतिआवश्यक काम बाहेक गाउँबाट बाहिर जान समेत रोक लगाएको उहाँले बताउनुभयो ।

क्लवले गाउँमा विहे, भोज, पुँजाआजा जस्ता भिडभाड हुने कार्यक्रम गर्न समेत निषेध गर्ने निर्णय गरेको छ ।

बालबालिकाहरुले कोरोना भाईरसका बारेमा माईकिङ गरी सन्देश समेत प्रवाह गरेका छन् ।

बाल क्लवले गरेको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!