> समाज > मार्सल आर्टस हाप्किडो संघ र युवा हित मञ्चको संयुक्त आयोजनामा माक्स वितरण


मार्सल आर्टस हाप्किडो संघ र युवा हित मञ्चको संयुक्त आयोजनामा माक्स वितरण

प्यूठान, ३१ भाद्र । मार्सल आर्टस हाप्किडो संघ र युवा हित मञ्चको संयुक्त आयोजनामा प्यूठान नगरपालिका वडा नम्वर ७ को विभिन्न स्थानमा माक्स वितरण गरिएको छ ।

प्यूठान नगरपालिका वडा नं ७ को वडा कार्यालयसँगको समन्वयनमा बुधवार वडाका विभिन्न स्थानमा माक्स वितरण गरिएको हो । मार्सल आर्टस हाप्किडो संघका जिल्ला अध्यक्ष तथा मार्सल आट्र्स हाप्किडो संघ का ५ नं प्रदेस कमिटी कोषाध्यक्ष मुक्ती पोख्रेलले कोरोनाको जोखिम कम गर्न मास्क वितरण जारी राखिएको बताउनुभयो ।


यस्तै संस्थाले जिल्ला खेलकुद बिकास समितीको क्वारेनटाइनमा रहेका ब्यक्ति लाई ७ नं वडा सदस्य नगेन्द्र पौडेललाई १०० पिस माक्स र सेनिटाइजर उपलब्ध गरायको हो ।

हालसम्म संस्थाले प्यूठान नगरपालिकाका वडा नं. १, २, ३, ४ र ८ का विभिन्न स्थानमा कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिसकेको छ ।

वडाका विभिन्न ठाउँमा एक हजार पाँच सय मास्क वितरण गरिएको छ । प्यूठान नगरपालिका २ का युबा समाजसेवि मदन धामीले ३ सय माक्स र केही सेनिटाइजर मञ्चलाई उपलब्ध गराउनुभएको छ ।

कार्यक्रममा पुर्ब बिद्यार्थी नेता धुर्ब बिस्ट, सामाजिक अभियन्ता बिरबल केसि, मार्सल आट्र्स हाप्किडो संघका जिल्ला उपाध्यक्ष टेकराज के. सि, प्यूठान नगरपालिपाका अगुबा युबाहरु चेतन कुबर, महेस के.सि, दिनेस खडकाको उपस्थित रहेको थियो