> राष्ट्रिय > दिपावली सहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने


दिपावली सहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने

प्यूठान, ३१ भाद्र । यस वर्ष संविधान दिवस घर घरमा दिपावली सहितका विविध कार्यक्रम गरेर मनाइने भएको छ ।

संविधान दिवस मुल समारोह समितिको बैठकको निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहमा असोज २, ३ र ४ गते विविध कार्यक्रम आयोजना गर्ने भएका छन् ।

संघ, प्रदेश र स्थानीय तहका सवै निकाय÷प्रतिष्ठान, संघसंस्था, कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने र सवै निकाय तथा आम सर्वसाधारणले असोजन २, ३ र ४ गते साँझ घर–घरमा दिपावली गर्ने निर्णय भएको छ ।

त्यसैगरि स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकाबाट संविधान सम्वन्धी विभिन्न सन्देश तथा कार्यक्रम प्रकाशन–प्रशारण गर्ने निर्णय भएको छ ।
विभिन्न मन्दिर, वुद्ध विहान, मस्जीद, चर्च एवं गुरुद्धार लगायतका धार्मिक स्थानहरुमा नित्य पूजा गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहिदहरुको आत्माको चिरशान्तिका लागि राष्ट्रको तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै पुजापाठ तथा प्राथना गर्ने निर्णयमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा समेत उक्त विविध कार्यक्रममा सहभागी हुन सवै सरकारी कार्यालयहरु, संघ–संस्था, राजनीतिक दल र सर्वसाधारण सवैमा अनुरोध गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *