> आर्थिक/बिकास > राप्ति यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा


राप्ति यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा

तुलसीपुर, १ असाेज ।दागको तुलसीपुरबाट सन्चालन भैरहेको राप्ति यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा निर्बिरोध चयन हुनुभएको छ ।
बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उपाध्यक्ष मधुसुदन पौडेल, महासचिब गेहेन्द्र वलि र कोषाध्यक्ष गणेश आर.सि‍  निर्बिरोध चयन हुनुभएको हो ।

त्यसैगरि प्रालिको सदस्यहरुमा बसन्त केसि, बशिकुमार शर्मा,मदन आचार्य र दिपु गिरि चयन हुनुभएको छ । प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ ।

सो अबसरमा बोल्दै नबनिर्बाचित अध्यक्ष बिनोद कुमार शर्माले यातायात क्षेत्रको बिकाशमा आफु निरन्तर लागिपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो ‘यातायात यो देशका नागरिकहरुलाई प्रत्यक्ष सेवा गर्ने क्षेत्र हो यस्मा कार्यरत मजदुर र ब्यबसायिबरुको पेशाको ज्ञारेन्टि र
हकहितको सरक्षण राज्यले गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *