> समाज > स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा बन्द


स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा बन्द

प्यूठान, २७ भाद्र । प्यूठानमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाइ कोरोना देखिएपछि उक्त स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।

प्यूठान सरुमारानी गाउँपालिकाको ढुङ्गेगढि स्वास्थ्य चौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिका स्तरीय Crisis Management सेन्टरको बैठकले चौकी स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा १ हप्तासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झग बहादुर वि.कले जानकारी दिनुभयो ।

कोरोना संक्रमण थप फैलिन नदिन र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाव संकलन गरी पठाउनका लागि स्वास्थ्य चौकीबाट प्रदान गरिएको सेवाहरु बन्द गरिएको उहाँको भनाई छ ।

शनिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला रुपन्देहिमा परिक्षणका क्रममा ढुङ्गेगढि स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *