> समाज > प्यूठानमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३ पुग्यो


प्यूठानमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३ पुग्यो

प्यूठान, ३२ जेठ । प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं .४ का २७ वर्षका १ जना र वडा नं ८ का २६ वर्षका १ जना गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्रोतले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनिहरु कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

यसअघि आइतवार मात्रै प्यूठानको माण्डवी गउँपालिकामा ७ जना कोरोना संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!