स्थानीय सरकारसमाज

मल्लरानी गाउँपालिका-२ का किशोरीहरुलाई आत्मरक्षा तालिम

प्यूठान । मल्लरानी गाउँपालिका२ का किशोरीहरुलाई महिला आत्मरक्षा तालिम दिइएको छ । किशोरीहरुमा आत्मावल र आत्मविश्वास बढाउने उद्देश्यले तालिम संचालन गरिएको हो ।

तालिममा सिउते, खरिडाँडा र यस आसपास क्षेत्रका ४२ जना किशोरीहरुको सहभागीता रहेको थियो । जीवनमा आइपर्ने कुनै पनि किसिमको चुनौती र खतराको बेला किशोरीहरुले आफ्नो रक्षा आफै गर्न सक्षम गराउने उद्देश्यले तालिमको व्यवस्थापन गरिएको प्रशिक्षक मनिसा परियारले बताउनुभयो ।

 

 

 

 

महिलामा माथि हुने विभिन्न प्रकारका हिंसा, र्दुव्यवहारका घटना न्यूनिकरण गर्न तालिमले सहयोग पुर्‍याउने सहभागीहरुको अपेक्षा छ । लामो समयावधिको तालिम संचालन गर्दै कसरतलाई नियमित बनाउनुपर्ने तालिममा सहभागी संचिता सुनारले बताउनुभयो ।

वडा कार्यालयको आयोजनामा भएको तालिमले शारिरिक तथा मानसिक रुपमा बलियो बनाउन तालिम महत्वपूर्ण हुने वडाध्यक्ष लेखबहादुर थापाले विश्वास व्यक्त गरे ।

Related Articles

Back to top button