> आर्थिक/बिकास > राष्ट्रसेवक सहकारीको पौने ५ करोड ऋण लगानी


राष्ट्रसेवक सहकारीको पौने ५ करोड ऋण लगानी

सुजल श्रेष्ठ
प्यूठान । राष्ट्रसेवक कर्मचारीहरुको सहकारीको रुपमा चिनिएको राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्था प्यूठानले आफ्ना शेयर सदस्यलाई पौने ५ करोड ऋण लगानी गरेको छ । सदरमुकाम खलंगामा अवस्थित सहकारीले ४ करोड ७४ लाख ११ हजार १३ रुपियाँ ऋण लगानी गरेको हो ।

सहकारीको आज १७ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष तुल बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३ सय ९० जना शेयर सदस्य रहेको सहकारीको कुल सम्पत्ती ५ करोड ६७ लाख ३३ हजार ८६३ रुपियाँ रहेको जानकारी दिनुभयो ।

साधारणसभामा सचिव पिताम्बर भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गदै सहकारीका सदस्यहरुको बचत सहज बनाउन बैंकिक एप सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ । कर्मचारी सरुवा हुने क्रम चलिरहँदा शेयर सदस्य थपघट भइरहने समेत उहाँले उल्लेख गर्नुभयो । जिल्लाका ९ वटै स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेत सदस्य बनाउन पहल गरि स्थानीय तह स्तरमा सम्पर्क कार्याय खोल्ने योजना रहेको सुनाउनुभयो ।

 

कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संघ संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिँदै सहकारीहरु बचत र ऋण परिचालनमा मात्र केन्द्रित नभएर उत्पादन मूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृजनातर्फ लाग्नुपर्ने बताएका थिए ।

 

शेयर सदस्यलाई पुरकार र सम्मान
साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट शेयर सदस्यलाई पुरस्कार तथा सम्मान गरिएको छ । असल बचतकर्ता लक्ष्मण प्रसाद श्रेष्ठ, असल ऋणी गिरीराज शर्मा, जेष्ठ शेयर सदस्य हरिहर लवट, बढी शेयर खरिद कविराज शर्मा र शैक्षिक पुरस्कार शेयर सदस्य टुक बहादुर रोका र राधिका खड्काको छोरा दिक्षित रोकालाई प्रदान गरिएको छ ।

बढी शेयर खरिदतर्फ पुरस्कृत कविराज शर्मा
जेष्ठ शेयर सदस्य हरिहर लवट पुरस्कृत हुँदै
असल बचतकर्ता लक्ष्मण प्रसाद श्रेष्ठ
असल ऋणी गिरीराज शर्मा
दिक्षित रोकाकाे शैक्षिक पुरस्कार लिँदै शेयर सदस्य राधिका खड्का

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष गोपाल प्रसाद नकर्मीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *