प्यूठान, २६ भाद्र । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९२.५ प्रतिशत भएको छ ।
आयोजनाको वित्तिय प्रगति ६३ प्रतिशत भइसकेको छ ।
३००० मिटर को धावनमार्ग, ट्याक्सी वे एवंम् एप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भई विद्युतीकरण सम्बन्धि कार्य चालुअवस्थामा रहेको आयोजनाले जनाएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन एवम् कन्ट्रोल टावर सम्वन्धि कार्यको संरचना निर्माणको कार्य सम्पन्न भई हाल उपकरण जडान, फिनिसिङ्ग लगायतको काम भइरहेको छ ।
