> राष्ट्रिय > प्युठान खलंगामा सामुहिक श्रद्धाञ्जली सभा गरियो


प्युठान खलंगामा सामुहिक श्रद्धाञ्जली सभा गरियो

प्युठान । सदरमुकाम खलंगा र समग्र मल्लरानी गाउँपालिका प्यूठानसँग विभिन्न सन्दर्भले जोडिएका सम्पूर्ण दिवङ्गतहरूको स्मरण र सम्मानमा सामुहिक श्रद्धाञ्जली सभा गरिएको छ ।

 

खलंगा सरोकार समुह, प्युठान तथा नेवा: खल खलंगा, प्यूठानको आयोजनामा खलंगा पाटीचोकमा स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । सम्पूर्ण दिवङ्गतहरूको तस्वीर र परिचयसहित दिवङ्गतहरूको सम्मानमा दीप प्रज्वलन, मौन धारण, माल्यार्पण, श्रद्धाञ्जली सभा गरिएको खलंगा सरोकार समुहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, शोकाकुल परिवारहरुको तर्फबाट मन्त्री श्रेष्ठ तथा सम्पूर्ण उपस्तिथिहरुको तर्फबाट नेवा: खल खलंगा प्युठानका अध्यक्ष बसन्त शाक्यले शोक मन्तव्य राख्नुभएको थियो ।

 

गत दुई वर्ष अघिदेखि सुरू गरिएको यस कार्यलाई वर्षेनी निरन्तर आयोजना गरी अघिल्लो वर्षको जनैपूर्णिमादेखि एक वर्ष अवधीमा दिवङ्गत हुनुभएकाहरूलाई स्मरण गर्ने र सामुहिक रूपमा श्रद्धासुमन व्यक्त गर्ने योजना रहेको संयोजक श्रेष्ठको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *