> Banner > कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल


कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल

प्यूठान, २२ भाद्र । स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि स्वर्गद्वारी नगरपालिका ७ मा रहेको सोत्रे स्वास्थ्य चौकीलाई सिल गरिएको छ ।

स्वर्गद्वारी नगरपालिका ७ मा रहेको कोरोना संकट व्यवस्थापन समितिको आइतवारको बैठकले स्वास्थ्य चौकीका अन्य कर्मचारीको पिसिआर रिपोर्ट नआएसम्मका लागि स्वास्थ्य चौकी सिल गर्ने निर्णय गरिएको स्वास्थ्य चौकी प्रमुख हुनाराम विष्टले जानकारी दिनुभयो ।

आइतवार गरिएको परिक्षणमा स्वर्गद्वारी नगरपालिका ७ मा रहेको सोत्रे स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीलाइ कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *