> राष्ट्रिय > गरिबसँग विश्वेश्वर कार्यक्रमबाट सहयोग


गरिबसँग विश्वेश्वर कार्यक्रमबाट सहयोग

काठमाण्डौ, १७ बैशाख ।
गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन । कार्यक्रमका देशभर कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट संकलित सहयोग तीन लाख ८८ हजार आठ सय रुपैयाँ सहयोग गरेका हुन । कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल मार्फत उक्त रकम कोषमा हस्तान्तरण गर्नुभएको हो ।
राज्य संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउनु सम्पूर्ण नागरिकहरुको दायित्व भएको भन्दै गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गतका कर्मचारीहरुले स्वतस्फुर्त रुपमा सहयोग संकलन गरी सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताउनुभयो । हाल यो कार्यक्रम देशका ७७ वटै जिल्लामा संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *