प्युठान । धर्मावति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पबित्रा जिसी निर्वाचित हुनु भएको छ ।
आज सम्पन्न १५ औ साधारणसभा तथा छैठौं अधिबेशनले जिसिको नेतृत्वमा ११ सदस्यीय संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमला पण्डित, सचिवमा सीता पण्डित र काेषाध्यक्षमा भगबता पण्डित रहनुभएको छ ।
कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्य कृषक कृष्णा जिसी, असल ऋणि राधा केसी, बिमला नेपाली र पबित्रा के एम लाई सम्मान गरिएको छ ।
सो अवसरमा संस्थाले आफ्नो वडामा रहेकाे वा वडामा पर्ने सात वटा बिधालयका जेहनदार तथा गरिब बिद्यार्थिलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष पबित्रा जिसीको अध्यक्षता तथा प्युठान नगरपालिका मेयर बिष्णु याेगिकाे प्रमुख अतिथि मा सुरु भएको कार्यक्रममा आर्थिक प्रतिबेदन संस्थाका ब्यबस्थापक सरिता दसौंदि र प्रगति प्रतिबेदन सचिव सीता भट्टराईले प्रस्तुत गर्नुभएको थियाे ।
२ कराेड ४३ लाख ६२ हजार ४१६ पुजि रहेकाे सहकारीमा ६६४ जना महिला सेयर सदस्य रहेका छन ।