प्युठान । आज जनै पूर्णिमा पर्व मनाईदै छ । नेवार समुदायमा भने जनै पूर्णिमासँगै एक वर्षभित्र मृत्यु भएका परिवारको सदस्यको सम्झनामा ताराली निकालिंदै छ ।
एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिको सम्झनामा घरपरिवारले जनै पूर्णिमाको दिन ताराली (तायमचा) र दोस्रो दिन छिनमिन जात्रा निकाल्ने परम्परा छ । जिल्लाको खलङ्गा, विजुवार लगायत ठाउँमा बसोबास गर्ने नेवार समुदायले जात्रा निकाल्ने गर्दछन् ।