> Banner > युवा हित मञ्चद्वारा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण


युवा हित मञ्चद्वारा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण

प्यूठान, २१ भाद्र । युवा हित मञ्चले प्यूठान नगरपालिका वडा नं. ३ का विभिन्न स्थानमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण गरेको छ ।

शनिवार प्यूठान नगरपालिका वडा नं. ३ को समन्वय तथा पुर्व विद्यार्थी नेता आकास भण्डारीको उपस्थितिमा प्यूठान नगरपालिका वडा नं. ३ तथा पुर्व विद्यार्थी नेता आकास भण्डारीको उपस्थितिमा कुमालगाउँ, रातामाटा, साढेखोला लगायतका स्थानमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिएको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रलाई केन्द्रित गरेर उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । शनिवार उक्त क्षेत्रमा करिव १००० माक्स वितरण गरेका हौँ उहाँले भन्नुभयो, –‘जिल्लाका विभिन्न स्थानमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम र माक्स वितरण कार्यक्रम सञ्चालन गरिसकेको र क्रमश अन्य ग्रामिण स्थानमा पनि गर्दै जानेछौँ’ ।


हालसम्म संस्थाले प्यूठान नगरपालिकाका वडा नं. १, २, ३ र ८ का विभिन्न स्थानमा कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिसकेको छ ।

साथै कोरोनाको जोखिम बढ्दै गएकाले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले दिएको निर्देशन पालना गर्नसमेत आग्रह गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *