प्यूठान । जिल्ला कारागार प्यूठानमा रहेका कैदीबन्दीले आज मतदान गरेका छन् । २८ जना कैदीबन्दीले प्रतिनिधि सदस्यको समानुपातिक तर्फ मतदान गरेको कारागार प्रमुख सुर्य बहादुर पन्तले जानकारी दिनुभयो ।
प्यूठानमा कैदीबन्दीका लागि कारागार भित्रै छुट्टै मतदान केन्द्र बनाइएको थियो । जुन मतदान केन्द्रमा एक जना कर्मचारी र एक जना सुरक्षाकर्मीले समेत समानुपाति तर्फ मतदान गरेका छन् । कारागारमा रहेको केन्द्रको मतदान अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी रहनुभएको थियो ।
जिल्ला कारागार प्यूठानमा हाल ७९ जना कैदीबन्दी रहेको कारागार प्रमुख पन्तले प्यूठान समाचारलाई जानकारी दिनुभयो ।
