प्यूठान । प्यूठानमा ७ महिनादेखी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सरुमारानी गाउँपालिका वडा नं. ६ निवासी सुकराम पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो ।
हातहतियार तथा खरखजना मुद्धामा उच्च अदालत तुलसीपुरले ०७८ मंसिर २८ गते फैसला गरि पुनलाई ६ महिना कैद सजाय तोकेको थियो । फरार रहेका पुनलाई घरबाटै पक्राउ गरि आज अदालत पेश गरेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत प्यूठानले आजै कारागार चलान गरेको छ ।