प्यूठान, १८ भाद्र । प्यूठान अस्पतालको बन्द रहेको सेवा सुचारु भएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि भदौ ११ गतेदेखि इमरजेन्सी र प्रसुती सेवा बाहेकका सेवा बन्द गरिएको थियो ।
विहीबारदेखि ओपिडी लगायतका सवै सेवा सुचारु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सबु काफ्लेले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङ गरेर अरु स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ देखिएपछि सेवा सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।
पाँच जनाको रिर्पोट भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
