> समाज > दाङवाङको छेडाघाटमा भएको आगलागीबाट ८ परिवारका ४४ जना बिस्थापित


दाङवाङको छेडाघाटमा भएको आगलागीबाट ८ परिवारका ४४ जना बिस्थापित

सागर रिजाल
प्यूठान । ऐरावती गाउँपालिकका-१ दाङवाङ छेडाघाटमा भएको आगलागीबाट ८ परिवारका ४४ जना बिस्थापित भएका छन ।

 

गएराती ८ घर र १४ गोठ जलेर नष्ट भएको थियो । आगोलागीबाट बिस्थापितहरुलाई आइतबार गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी प्यूठानले राहत सामग्री बितरण गरेको छ ।

 

दाल, चामल, नुन, तेल लगायतका खाद्य सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिनुभयो ।

 

त्यस्तै रेडक्रसले कम्मल, त्रिपाल, थाल, डेक्ची, डाडु, पन्यु, ब्लाङकेट जस्ता खाद्य बस्तु वितरण गरेको हो ।