> राष्ट्रिय > प्यूठान बारको नयाँ नेतृत्व चयन


प्यूठान बारको नयाँ नेतृत्व चयन

प्यूठान, २ असोज । नेपाल बार एशोसियसन जिल्ला अदालत बार एकाई प्यूठानको नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार सम्पन्न भएको आठौं जिल्ला अधिवेशन तथा साधारणसभाले विदुर मल्लको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपाध्यक्ष माधव श्रेष्ठ, सचिव टिकाराम आचार्य, सह सचिव माधवा सुवेदी, कोषाध्यक्ष महेन्द्र प्रसाद न्यौपाने, सदस्य रामेश्वर सुवेदी र नवराज भण्डारी रहनुभएको छ ।

अधिवेशनबाट केन्द्रीय पार्सदमा मेघराज भट्ट चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *