साहित्य सृजना

गजल !

  • सुरेशकुमार पाण्डे

मुटु भित्र पाहुँना बनेर डुल्नेहरु पनि भेटाँए,
कता कती फुल बनेर फुल्नेहरु पनि भेटाँए।

भुल्नै नसक्ने भेटिन्छन जिवनको सफरमा,
कता कती सपना मा झुल्नेहरु पनि भेटाएँ।

प्रचण्ड घाम मोरुभूमीमा छटपटाएकै बेला,
हृदयमा सितलु बनेर घुल्नेहरु पनि भेटाएँ।

दुखःसुखका हमसफर बनेर साथ दिने मुटु,
जिबनभरी कहिलेई नभुल्नेहरु पनि भेटाएँ।

कस्ता-कस्ता भेटीय जिवनको यो सफरमा,
अरुको मिहेनत आफै हुल्नेहरु पनि भेटाएँ।

देखियो जिवनका कोईनेटाहरुमा मानवहरु,
मुटुमै पसेर किराया असुल्नेहरु पनि भेटाएँ।

जो भेटिए ती यादहरु पाहुँना बनेर आउँदा,
हृदयमा सम्झनाले छीचुल्नेहरु पनि भेटाएँ।

Related Articles

Back to top button