काठमाण्डौ, ७ चैत ।
कोरोना संक्रमणको जोखिमले राष्ट्रिय सभा बैठक समेत प्रभावित भएको छ । शुक्रबारका लागि तोकिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ ।
नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेकाले राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन भएको हो । बैठक दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि स्थगन गरिएको थियो ।
