राष्ट्रियसमाजस्थानीय सरकार

मल्लरानी गाउँपालिकामा पोषण सामाग्री बितरण

सृजना सेन
कसरी । मल्लरानी गाउँपालिकामा बिशेष अनुदान कार्यक्रम अन्तर्गत बहुक्षेत्रिय पोषण कार्यक्रममा १ सय ५० जना लाभान्वित भएका छन् ।

मल्लरानी गाउँपालिका द्धारा सन्चालित बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमा तथा बिपन्न महिलालाई कुखुराको चल्ला, फिल्टर, तरकारीको बिउपल थर्मस तथा हटकेस लगायतका सामाग्री बितरण गरिएको पालिकाकी पोषण स्वयम सेवक पवित्रा केसिले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बालबालिकालाई कुपोषण तथा किशोरीलाई रक्तअल्पता लगायतका समस्या नहोस भन्ने उदेश्यले सम्पुर्ण वडामा नमुना टोल गठन गरी पोषण सामाग्री बितरण गरिएको हो । पोषण सामाग्री पाउदा खुशी लागेको मल्लरानी-४ कसेरी निवासी अन्जली अधिकारीले बताउनुभयो । खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘बच्चालाई सकेसम्म पोषिलो स्वस्थ खाना खुवाउनेछु ।’

 

कार्यक्रममा ४ नम्बर वडाका अध्यक्ष कुमार श्रेष्ठले बालबालिकाकाे भान्सा बाटै स्वास्थ्यमा सुधार गर्नकाे लागि सामाग्री बितरण गरिएको बताउनुभयो ।

 

त्यस्तै नियमित पोषण कार्यक्रम अन्तर्गत पालिकाको सम्पुर्ण वडाका हजारदिन भित्रका १ सय पचास जना आमालाई कुखुराको चल्ला तथा तरकारीको बिउपल बितरण गरिएको छ ।

Related Articles

Back to top button