महेश थापा
बाहाने, १५ असार । नौवहिनी गाउँपालिकाका १६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
उनिहरुलाइ पिसिआर पोजेटिभ देखिएपछि आइसोलेसन राखिएको थियो । पुन परिक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विहान घर पठाइएको हो । निको हुनेमा नौवहिनि गाउँपालिका ८ फोप्लीको १५ जना र नौवहिनि गाउँपालिका ६ लुङका १ जना रहेका छन् । कुनै पनि औषधी नखाइ निको भएको उनिहरु प्रतिक्रिया दिए । उनिहरु भन्छन् –‘मनोवल र आत्मबलले कोरोना जितियो’ ।
हाल नौवहिनि गाउँपालिकामा बाकी १० जना कोरोना संक्रमित रहेको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम शर्माले जानकारी दिनुभयो ।
