> राष्ट्रिय > पाँच नम्वर प्रदेश सरकारका ७ निर्णय


पाँच नम्वर प्रदेश सरकारका ७ निर्णय

प्यूठान, ११ भाद्र । पाँच नम्वर प्रदेश सरकारको आज बसेको बैठकले विभिन्न विषयमा निर्णय गरेको छ ।

१. प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।
२. प्रदेश स्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने ।
. प्रदेश लोक सेवा आयोग,प्रदेश योजना आयोग, प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान सम्बन्धमा ।
४. कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने । जसअनुसार साउन १ गतेदेखि पुष मशान्तसम्म थप । कार्यदलमा संयोजक मुख्यन्यायाधिवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहनु भएको छ ।
५. प्रदेश विपद व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत प्रदान गरिएको छ ।
६. आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृति प्रदान गर्ने ।
७. आव २०७७।०७८ मा लघु घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण छुट गर्ने सम्बन्धमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *