> राजनीति > बामदेव गौतमले पठाए सुरक्षा सामाग्री


बामदेव गौतमले पठाए सुरक्षा सामाग्री

महेश थापा
प्यूठान, ११ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले जिल्लाका स्थानीय तहलाई कोरोना संक्रमण विरुद्ध प्रयोग हुने सुरक्षित सामाग्री उपलब्ध गराउनुभएको छ । नेता गौतमले आफ्नो गृह जिल्लामा दश लाख रुपियाँ बराबरको सहयोग सामाग्री उपलब्ध गराउनुभएको हो ।

गौतमको पहलमा सय सेट पिपिई, १० हजार थान मास्क, एक हजार बोलत सेनिटाइजर, एक हजार थान ग्लोब्स र दुई हजार थान हेड क्याप्प उपलब्ध गराएको प्रदेश नं. ५ का प्रदेश कमिटी सदस्य एवं युवा नेता विजय विराज विष्टले जानकारी दिनुभयो ।


गौतमले पठाउनुभएको सुरक्षा सामाग्रीमा पीपीई सेट, स्यानिटाइजर, माक्स, ग्लोब्स, हेड क्याप रहेका छन् । उक्त सामाग्री नेकपा प्यूठानले जिल्लाका स्थानीय तहमा पुगेर वितरण थालेको छ । विहीबार गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र नौबहिनी गाउँपालिकामा पुगेर बुझाएको प्रचार विभाग प्रमुख इमानसिंह भारतीले जानकारी दिनुभयो । बाँकी स्थानीय तहमा भोलि वितरण गरिने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!