> राष्ट्रिय > रुखबाट लडेर घाईते शान्तिको परिवारलाई सहयोगको खाँचो


रुखबाट लडेर घाईते शान्तिको परिवारलाई सहयोगको खाँचो

प्यूठान । प्यूठान नगरपालिका-९ निवासी शान्ति सुनार रुखबाट लडेर घाईते हुनुहुन्छ । उहाँको मेरुदण्डको हड्डी भाँचिएको छ ।

 

शान्ति रुखबाट लडेर घाईते भएपछि श्रीमान राजु सुनारले सक्दो उपचार गरेर घरमा ल्याउनुभयो । भारतमा रोजगारीको क्रममा खुट्टा भाँचिएर अपांग भएका श्रीमान राजुले समेत आत्महत्या गरेपछि परिवार थप समस्यामा परेको छ ।

 

परिवारमा शान्ति सहित २ छोरा छन् । ७ कक्षा र ३ कक्षा पढ्ने छोराहरुलाई हुर्काउन, पढाउन शान्तिलाई समस्या छ । दैनिक घरखर्च चलाउनै अप्ठ्यारो भएको स्थानीय बताउँछन् । शान्तिको परिवारलाई सहयोगी मनको आवश्यकता रहेको स्थानीय बाला खड्का बताउनुहुन्छ ।

 

शान्तिको परिवारलाई दाह्री ग्याङ प्यूठानले आर्थिक सहयोग अभियान चलाएको छ । शान्तिको परिवारलाई १२ हजार १० रुपियाँ आर्थिक संकलन गरि उपलब्ध गराएको दाह्री ग्याङ प्यूठानका संयोजक जीवन खनालले जानकारी दिनुभयो । यसअघि पनि १५ हजार ६६५ रुपियाँ उपलब्ध गराएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *