प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले योजना तथा कार्यक्रमको लागि सम्झौता गर्ने समय सिमा चैत १० लाई दिएको छ ।
आर्थिक वर्षको लागि गाउँ सभा र हिउँदे अधिबेशनबाट स्वीकृत भौतिक पुर्वाधार तर्फका आयोजानाहरुको उपभोक्ता समिती गठन गरि प्राविधिक बाट लागत तयार गरेर सम्झौताको लागि पालिका आउन एक सूचना मार्फत जानकारी गराएको छ ।
चालू आर्थिक वर्षको समय ४ महिना मात्र बाकी रहेकोले प्रत्येक वडामा स्वीकृत योजनाको सम्झौता गरि छिटो भन्दा छिटो काम सम्पन्न गरेर भुक्तानीको लागि फाइल अगाडि बडाउन पालिकाले भनेको छ ।
चालू आर्थिक वर्षको लागि पालिकाको गाउँ सभा र हिउँदे अधिबेशनबाट ठुला साना गरि करिब ६ सय योजना तथा कार्यक्रम स्वीकृत भएको योजना शाखा प्रमुख सुकदेब रिजालले बताए । उनका अनुसार अहिलेसम्म करिब ४ सय बढी योजनाको लागत तयारी गरि पालिकामा सम्झौता भैसकेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले बताउनुभयो । करिब १ सय योजनाको भुक्तानी भैसकेको छ भने करिब १ सय बढी योजनाको भुक्तानिको लागि अनुगमन भैरहेको पालिकाले जनाएको छ ।
वडाका जनप्रतिनिधि कर्मचारी र उपभोक्ताहरुलाई समयसिमा भित्र काम गर्नुपर्ने छ । समय सिमामा भित्र सम्झौता काम शुरु नगरेको खण्डमा योजना अनेत्र रकमान्त्रर गरिने पालिकाले जानकारी दिएको छ ।
