> समाज > बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण, वडा शिल


बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण, वडा शिल

प्यूठान, १० भाद्र । प्यूठानमा बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा शिल गरिएको छ ।

बुधवार ऐरावति गाउँपालिका २ बरौला स्थित बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि २ नं. वडा शिल गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिनुभयो ।

बुधवार वसेको गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति (CMC) को वैठकले २ नं. वडा अर्को सुचना नआउन्जेल सम्मका लागि शिल गर्ने निर्णय गरिएको अध्यक्ष शाहले वताउनुभयो । कोरोना भाइरस थप फैलनबाट रोक्न र संक्रमितको सम्पर्कमा आएका व्यक्तीहरुको स्वाव संकलन गर्ने उक्त निर्णय गरिएको उहाँले भनाई छ ।

सिल अवधीमा खाद्यान्न पसलहरु बिहान ८ बजे देखी १० बजेसम्म र बेलुका ४ बजेदेखी ६ बजेसम्म खुल्ला रहने छन् भने अन्य गैर सरकारी संस्थाहरु, वित्तिय संस्थाहरु,व्यापार व्यवसायिक पसलहरु पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

बैङ्कका सबै कर्मचारीको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाइएकोमा एक जनाको पोजेटिभ आएको र अन्य कर्मचारीको रिपोर्ट आउन बाकी रहेको अध्यक्ष शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *