> राष्ट्रिय > महिलाहरु चुलोचौकोमा मात्र सिमित हुने होइन : अध्यक्ष एमसी


महिलाहरु चुलोचौकोमा मात्र सिमित हुने होइन : अध्यक्ष एमसी

प्युठान । प्युठानको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अब महिला दिदिबहिनी चुलो चौकोमा सिमित नभएर समाज रुपान्तरणको अभियानमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

बुधबार झिमरुक गाउँपालिकाले आयोजना गरेको ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा गरेको पालिका स्तरीय लोकगित तथा नृत्य प्रतियोगितामा शुभकामना ब्यक्त गर्दै अध्यक्ष एमसीले आधा आकाश ढाकेका महिला हरेक काममा सक्षम भएकोले ढुक्क भएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
महिला पुरुष एकता बिना समाज रुपान्तरण हुन नसक्ने भन्दै सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उहाँको जोड थियो । “हरेक क्षेत्रमा महिलाहरू अर्थपूर्ण सहभागिता गराएर लैजानुपर्ने हुन्छ ।” यसका लागि आमरुपमा महिला तयार हुनुपर्ने एमसीले बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले मुलुकमा महिलाहरुको अधिकार प्राप्त भएकोले महिलाहरु स्वतस्फूर्त रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । “अधिकार मात्र खोजेर हुदैन अब डटेर प्राप्त अधिकार स्थापित गर्नुपर्छ ।” महिलाहरू प्रबिधि संग जोडिएर अधिकार र पहुँच स्थापित गर्नुपर्ने बेला भएकोले यस तर्फ सबै महिलाहरु लाग्नुपर्ने बताउनुभयो ।

 

महिलाको बिषयमा अधिकार संविधानले ब्यवस्था गरेपनि कार्यान्वयन पक्षमा केही जटिलता रहेकोले सबै सरकार जिम्मेवार भएर अधिकार स्थापित गर्न लाग्नुपर्ने कार्यपालिका सदस्य संगीता परियारले बताउनुभयो । पालिकाले महिलाका बिषयमा बनाइएका योजना तथा कार्यक्रमहरुको जिम्मा महिलाहरूलाई नै कार्यान्वयनमा लैजान दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रतियोगितामा २४ टिम सहभागी
गाउँपालिकाले आयोजना गरेको लोकगित तथा नृत्य प्रतियोगितामा पालिका भरबाट २४ टिम सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

लोकगित तथा नृत्य प्रतियोगितामा लैङ्गकि समानता महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने गरि स्वर,लय,भाका भेषभुषा पोशाक नृत्य बाध्यवाधन लाई मुख्य आधार मानिने छ ।

 

एक टिममा कम्तिमा १० जना समुहमा सहभागिता जनाउन पाइने छ । कार्यक्रममा प्रथम द्धितिय तृतीय हुने सहभागीहरुलाई क्रमश १४ हजार, १२ हजार, १० हजार र सान्त्वना हुनेलालाई ८ हजार नगद र प्रमाण पत्र प्रदान गरिने यामलाल पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *