सृजना सेन
प्यूठान, ५ साउन । नौबहिनी गाउँपालिका १ स्याउलिबाङ बासीले सोमबार दिनभरी सलह किरा छोपेका छन् ।
सोमवार मात्रै १० क्विन्टल ४४ किलो सलह किरा वडा कार्यालयमा ल्याएको वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिनुभएको छ । घुगा लागेको मकै देखि भर्खर रोपेको कोदो समेत बाकी नछोडेको स्थानिय कृषक हुमी बुढाले बताउनुभयो । गाउँपालिकाले पैसा दिने भनेको सुनेर दिनभरी सलह छोपेको उहाँको भनाई छ ।
उहाँमात्र होइन स्याउलिबाङकै कबिता बुढाको दिनपनि सलह छोपेरै गएको छ । फल्नै लागेको मकै खाईदिदा खेरा लागेको कबिताले बताउनु भयो ।
नौबहिनी गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँमा सलह किन्ने निर्णय गरेपछि स्थानियहरु अझ बढि सलह छोप्न लागीपरेको नौबहिनी १ का अध्यक्ष शेरबहादुर सेनले जानकारी दिनुभएको छ । आईतबार १ सय ५२ किलो सलह छोपेका थिए भने सोमबार धेरै छोपेको अध्यक्ष सेनको भनाई छ ।
सबै खेतिबाली सक्नथाले पछि किसान चिन्तिन बनेको उहाँले जानकारी दिनु भएको छ । उनीहरुलाई रातह दिने नदिने भन्ने बारेमा मंगलबार बैठक बस्न लागेको समेत उहाँले जानकारी दिनुभएको छ ।
वडाका करिब ३० जना किसानले सलह ल्याएका छन् । सलहलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ । उनिहरुको भुक्तनी भने अझै नगरिएको अध्यक्ष सेनले जानकारी दिनुभएको छ ।
