> समाज > मल्लरानीको योजना : वडामा कम्तीमा दुई लाखको श्रममा आधारित योजना


मल्लरानीको योजना : वडामा कम्तीमा दुई लाखको श्रममा आधारित योजना

प्यूठान, ११ असार । मल्लरानी गाउँपालिकाले ल्याएको आगामी आर्थिक वर्षको बजेट योजनामा भैरहेका योजनालाई दिगो र मजबुत बनाउने भएको छ ।

आज पत्रकार सम्मेलन गरि गाउँपालिकाले ४३ करोड रुपियाँको बजेट सिलिङ सार्वजनिक गरेको हो । पालिकाले कृषिमा अनुदान नभएर लगानी साझेदारी गर्ने नीति अघि सारेको छ । कृषि तथा पशुपालन क्षेत्रमा जोड दिँदै कृषि संकलन केन्द्र सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

श्रममा आधारित योजना छनौट गर्ने गाउँपालिकाले बेरोजगार युवालाई रोजगारी दिने उदेश्यले वडाहरुमा योजना छनौट गर्दा श्रममा आधारित योजना छनौट गर्ने नीति लिएको छ । वडामा कम्तीमा २ लाखको श्रममा आधारित योजना छनौट गरि रोजगारीको अवसर सृजना गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *