> राष्ट्रिय > प्यूठानमा पहिरोबाट विस्थापितले पाउन थाले राहत


प्यूठानमा पहिरोबाट विस्थापितले पाउन थाले राहत

प्यूठान । जिल्लामा पहिरोबाट विस्थापित भएका परिवारले राहत पाउन थालेका छन् । वर्षातका कारण सडक अवरुद्ध हुँदा तत्काल राहत पाउन नसकेका परिवारले राहत पाउन थालेका हुन् ।

हिजो विहीबार प्यूठान उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी महासंघ प्यूठान र लायन्स क्लव अफ प्यूठानले माण्डवी गाउँपालिका-२ धनचौरका विस्थापितलाई राहत उपलब्ध गराएको छ । मर्कावाङको सुन्नानी आधार मावि रातापानीसम्म राहत पुर्‍याएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । विस्थापित परिवारले आज उक्त राहत बुझेका छन् ।

 


आज शुक्रबार रेडक्रस प्यूठानले माण्डवी गाउँपालिका १, २ र ४ का विस्थापित ५९ परिवारलाई खाद्यान्न बाहेकका सामाग्री वितरण गरेको छ । त्यसैगरी ऐरावती गाउँपालिका-४ तिग्रापातालका २६ परिवारलाई राहत सामाग्री वितरण गरिएको रेडक्रस प्यूठानले जनाएको छ ।

गौमुखीले ऐरावती र माण्डवीलाई सहयोग गर्ने
प्यूठान । गौमुखी गाउँपालिकाले माण्डवी र ऐरावती गाउँपालिकामा भएको विपदको घटनाप्रति दुःख व्यक्त गर्दै राहत र पुर्नस्थापनाका लागि सहयोग गर्ने जनाएको छ । दुवै गाउँपालिकालाई १/१ लाख रुपिया सहयोग गर्ने निणर्य भएको अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *