> समाज > दाङमा मृत्यु भएका प्यूठानका एक पुरुषको रिपोर्ट नेगेटिभ


दाङमा मृत्यु भएका प्यूठानका एक पुरुषको रिपोर्ट नेगेटिभ

प्यूठान, ७ भाद्र । केहि दिन अघि दाङमा मृत्यु भएका प्यूठानका एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत शनिवार प्यूठान ऐरावती गाउँपालिका ५ का ४० वर्षीय विनोद भण्डारीको दाङको घोराहीको एक होटलमा मृत्यु भएको थियो । मृत्यु पश्चात कोरोना परिक्षणका लागि उनको स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

आइतवार गरिएको परिक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै आइतवार नै अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *