प्युठान। गर्भवती, सुत्केरी र दुई वर्ष उमेर भित्रका बच्चाका आमालाई पोषिलो सामाग्री दिने गरिएको छ । हजार दिन भित्रका आमा र बच्चाको पोषण सुधारका लागि सुआहारा कार्यक्रमले जिल्लामा नियमित रुपमा पोषण प्रर्वद्धनको कार्यक्रम गर्दै आएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समुह मार्फत त्यस्ता हजार दिन भित्रका आमाको पहिचान गरि समाग्री दिने गरिएको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका फिल्ड संयोजक नारायणलाल श्रेष्ठले बताउनुभयो ।
नयाँ गर्भवती, भर्खर पास्नी भएको आमा, पाँच दिन भित्रको सुत्केरी आमा, पहिलो जन्मदिन, दोस्रो जन्मदिनको अवसर पारेर पोषिलो सामाग्री दिने गरिन्छ । “आमालाई अण्डा र सावुन दिने गरिएको छ,” उहाँले भन्नुभयो,“पोषण प्रर्वद्धनका लागि सामाग्री दिने गरेका हौं ।”
गाउँमा हजार दिनका आमालाई भेला गरेर पोषण सम्वन्धी सन्देश दिने गरिएको फिल्ड सुपरभाईजर प्रज्वल पहाडीले बताउनुभयो । हजार दिनका आमा तथा बच्चाको खानपान, स्याहार, हेरचाह, सरसफाई लगायतका विषयमा समेत उक्त कार्यक्रममा जानकारी गराइन्छ ।

“आमालाई जम्मा गरेर पोषण प्रर्वद्धनमा सहयोग पुग्ने सन्देश दिन्छौं,” उहाँले भन्नुभयो । सामाग्री पाएपछि आफूले आफ्नो र बच्चको पोषणमा ध्यान दिँदै आएको प्युठान नगरपालिका–१ की सुत्केरी माया धामीले बताउनुभयो । पोषिलो सामाग्रीसँगै स्वास्थ्य तथा पोषणको बारेमा समेत जानकारी पाएर त्यसमा ध्यान दिँदै आएको उहाँको भनाई छ ।
जिल्लामा वार्षिक करिव दुई हजार आमालाई पोषण सामाग्री दिने गरिएको फिल्ड संयोजक श्रेष्ठले बताउनुभयो । हालसम्म दश हजार बढीलाई सामाग्री दिइएको उहाँले बताउनुभयो । स्वास्थ्य आमा समुहको निर्णयबाट एउटा समुहमा बढीमा पाँच जना आमालाई सामाग्री दिने गरिन्छ । महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितीमा वितरण गर्ने गरिएको छ ।

This blog was… how do you say it? Relevant!!
Finally I’ve found something which helped me. Cheers!
Also visit my page … home refinance options