> राष्ट्रिय > प्यूठानमा बदेलको आक्रमणबाट एक जना घाइते


प्यूठानमा बदेलको आक्रमणबाट एक जना घाइते

प्यूठान, ३ भाद्र । प्यूठानमा बदेलको आक्रमणबाट एक जना घाइते भएका छन् ।

बुधवार विहान आफ्नै बारीमा मकै हेर्न गएको बेला बदेलले आक्रमण गर्दा स्वर्गद्वारी नगरपालिका ७ सोत्रेका ३६ वर्षिय युवराज खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बदेलले बायाँ हातमा टोकी घाइते भएका खत्रीको प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा प्राथमिक उपचार पछि थप उपचारका लागि भैरहवातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *