प्यूठान, २७ बैशाख । शनिवार बेलुका उदयपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।
संक्रमण पुष्टि हुनेमा त्रियुगा नगरपालिका ३ भुल्के निबासी ४३ वर्षीय महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ। सोहि जिल्लामा शनिबार बिहान मात्र तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म उदयपुरमा ३२ जना कोरोना संक्रमित भएका छन् जसमध्ये १४ जना उपचार पछि निको भएर फर्की सकेका छन्।
