प्यूठान, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८८ जना नयाँ संक्रमित भेटिएका छन् । देशका विभिन्न ठाउँमा भएको परिक्षणमा २७० जना पुरुष र १८ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयक प्रवक्ता डा.विकास देवकोटाले स्वर्गद्धारी नगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण भेटिएको जानकारी दिनुभयो । दांगको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको जाँचमा कोरोना संक्रमण पुष्टि भएको उहाँले नियमित प्रेस व्रिफिंगमा जानकारी गराउनुभएको हो ।
हालसम्म दुई हजार ९९ संक्रमित पुगेका छन् । जसमध्ये १९४९ पुरुष र १५० जना महिला रहेका छन् । ७७ जिल्ला मध्ये ६१ जिल्लामा संक्रमित भेटिएको डा.देवकोटाले जानकारी दिनुभयो ।
संक्रमित मध्ये उपचार पछि २६६ जना निको भएर घर फर्किएका छन । जसमध्ये २१२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।
