सुरेशकुमार पाण्डे
अन्ध्यारो नगरी भए काना राजा हुन्छन,
उनैका नाच उनैका बाजा घाजा हुन्छन।
पुरानो भए पनि ब्यबहार उस्तै भएपछि,
बसेका खाटा पनि त फेरी ताजा हुन्छन।
आत्मात्यागीले देखे सपना समानताका,
हरेक सपना तिम्रो र हाम्रो साजा हुन्छन।
यँहा गरिबी अकाल बिध्मान छ देश भित्र,
कसैले दिएको मिठो बचन खाजा हुन्छन।
ए टाउको हल्लाउँनेहरु हेर घाम छर्लङ्गै छ,
अब त यँहानि बिना गजाका बाजा हुन्छन।
