साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

नेपालमा त नेपाली बाहेक कुनै जात छैन,
शन्तानलाई टुक्राउँनै कसैको औकात छैन।

हिमाल पहाड तराई अखण्ड देशहो हाम्रो।
यो देशका दुश्मनहरु सँग हाम्रो साथ छैन।

बिदेशमा डुलेर पलेपनि हामि देशभक्त हौँ,
ज्ँहा भयपनि देश नसंझेको दिन रात छैन।

ठिकैछ लाहुरे भन उपहाश गर तिम्रो मर्जी,
हामिले पनि त अमिलो मान्ने कुनै बात छैन।

यत्यिमा शन्तुष्ट भयौँ यार आज पनि हामी,
न चाहिँदो काम मा हाम्रो कहेलैई हात छैन।

हो भएन हाम्रो खानपुग्ने खेत बारी प्रसस्तै,
त्यसैले भरपेट खाने देशमै दाल भात छैन।

Related Articles

Back to top button